मेलबर्न । अष्ट्रेलियाका विभिन्न राज्यमा मंगलवार भव्यताका साथ अष्ट्रेलियन डे मनाइदै छ । हरेक वर्ष जनवरी २६ मा मनाउँदै आएको अष्ट्रेलियन डे अष्ट्रेलियाको राष्ट्रिय दिवसका रुपमा रहेको छ ।

यो दिवसका अवसरमा मंगलवार मेलबर्न सहित अष्ट्रेलियाका विभिन्न राज्यहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् । मेलबर्नमा निस्किएको विशाल र्यालीमा नेपाली समुदायको पनि उल्लेख्य सहभागीता रहेको थियो ।

सन् १७८८, २६ जनवरीका दिन क्याप्टेन आर्थर फिलिपको कमाण्डमा ११ बेलायती अभियुक्तहरूलाई लिई आएको पानी जहाजले औपचारिक रुपमा झण्डा गाडेर तत्कालिन आदिवासीहरूको भूमिमाथि बेलायतले आफ्नो उपनिबेश दावी गरेको दिनलाई सम्झनाको रुपमा अष्ट्रेलिया डे मनाईन्छ  । तर यहाँका आदिबासीहरू यो दिनलाई आफ्नो पहिचान, जीबनशैली, रहन सहन तथा सार्बभौमसत्तामाथिको अतिक्रमण ठान्दछन । त्यसैले यसलाई उनीहरु कालो दिनका रूपमा मनाउछन । शुरुमा बेलायती साम्राज्यले हालको अष्ट्रेलियाको पूर्वीतट (जसलाई त्यतिबेला New Holland नामकरण गरिएको थियो) मा आफ्नो कब्जा जमाएको थियो ।

aus day 2सन् १९७८ जनवरी २६ का दिन आर्थर फिलिपले गभर्नर जनरलको हैसियतमा झन्डा गाडेपनि त्यसको करिव ३० बर्षसम्म जनवरी २६ लाई खासै महत्वको दिन मानिदैनथ्यो । सन् १९१८ मा जव औपचारिक रुपमा न्यू साउथ वेल्स् नामका राज्य स्थापना भयो । त्यस बेलादेखि मात्र जनवरी २६ का दिनलाई फाउण्डेसन डे को रुपमा मनाउन थालिएको हो । पछि गएर जनवरी १, १९०१ का दिन सबै साना राज्यहरू मिलेर एउटै राष्ट्रको निर्माण गर्न सहमत भएपछि भौगोलिक रुपमा आधुनिक अष्ट्रेलियाको जन्म भए संगै अष्ट्रेलिया डेलाई साझा पर्वका रूपमा मनाउन थालिएको हो । यद्यपी, देशका सबै राज्यहरूले एकै साथ २६ जनवरीलाई अष्ट्रेलिया डे को रुपमा मनाउने परम्पराको थालनी भने सन् १९९४ देखि मात्र सुरु भएको हो ।

आजको दिनसम्म आईपुग्दा अष्ट्रेलिया डे करिब २३ करोड अष्ट्रेलियनको एउटा साझा राष्ट्रिय पर्व बन्न पुगेको छ ।

Photo : Chitkumar Lama

Comments

comments