काठमाडौं । नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापा र हास्य अभिनेत्री दीपाश्री निरौलाले पनि मिटर ब्याज धन्दा गरेको खुलासा भएको छ । क्यासिनो र रेष्टुरेष्टमा मिटर ब्याज धन्दा गरेर गायिका रेखा शाह हिरासतमा पुगेको खवर सेलाउन नपाउँदै दुई चर्चित अभिनेत्रीको मिटर ब्याज धन्दा पनि बाहिर आएको छ ।

क्यासिनोमा जुवा खेल्ने सन्दीप काफ्लेलाई लाखको प्रतिमहिना १० हजारका दरले मिटर ब्याज असुलेको र प्रहरीलाई धम्कि दिएको अभियोगमा रेखा शाह श्रीमानसहित हिरासतमा पुगेकी थिइन ।

नायिका दीपाश्री निरौलादेखि रेखाथापासम्मले मिटर ब्याजमा पैसा लगानी गरेका छन् । बानेश्वरस्थित रोजमारी रेष्टुरेन्ट चलाउने फिल्म निर्माता ध्रुव न्यौपानेलाई मिटर ब्याजमा पैसा लगानी गरेकी थिइन । न्यौपाने समस्यामा परेपछि उनीहरुलाई पैसा उठाउन निकै सास्ती भएको स्रोतले बताएको छ ।

हेटौंडाको जग्गा लिएर उनीहरुले न्यौपानेसँग पैसा असुलेका थिए । निर्देशक उज्जल घिमिरेको पैसा अझै उठेको छैन ।

नेपाली कला क्षेत्रमा रेखाजस्तै अरु धेरे कलाकारहरु मिटर ब्याजको धनमा संलग्न छन् । कोहीले त्यही धन्दाबाट करोडौं कमाएका छन् भने केही टाट पल्टिएका छन् ।

Please follow and like us:

Comments