काठमाडौँ । मोरङको रंगेली र डायनियाँमा घटेको घटनाप्रति भारतले चिन्ता व्यक्त गरेको छ । घटनाप्रति चासो देखाउदै भारतले चिन्ता व्यक्त गरेको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मोरङको रंगेली र डायनियाँमा बिहीवार दिउँसो घटेको घटनाबारे चासो जनाएका हुन्।

ट्वीटरमा ट्वीट गर्दै उनले रंगेली र डायनियाँमा प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा गोली लागेर तीनको मृत्यु भएको घटनाबारे चिन्ता समेत व्यक्त गरेका छन्।

स्वरुपले राजनीतिक समस्याको राजनीतिक समाधान नै खोज्न समेत सुझाएका छन्।

Comments

comments