काठमाडौं । नायिका केकी अधिकारी हिजो आज निकै आपतमा परेकी छिन् । जसले पनि स्वास्नी बनाउँन खोजेपछि उनलाई यस्तो आपत परेको हो । त्यसैले उनले अन्ततः नायक सविन शाक्यसँग भाग्ने निर्णय गरेकी छिन् ।

निर्माणका सम्पूर्ण काम सकेर रिलिजको पर्खाइमा रहेको नयाँ चलचित्र भाग सानी भागमा केकीलाई यस्तो आपत आइलागेको हो । व्यवसायिक रुपमा सफल मानिएका निर्देशक नवल नेपालले निर्देशन गरेको भाग सानी भागमा केकी सानी नै बनेकी छिन् । अर्थात उनकै वरिपरि चलचित्रको कथा घुम्ने निर्माण पक्षले बताएको छ ।

यो चलचित्रको ट्रेलर हालै रिलिज भएको छ । ट्रेलरले फिल्म कमेडी लभस्टोरीले भरपुर रहेको संकेत गरेको छ । फिल्ममा घरबाट बिहेको दिन भागेकी केकी ’सानी’को भूमिकामा छिन् भने सविन पनि नयाँ भविष्य खोज्न घरबाट भागेको ’देव’को भूमिकामा रहेका छन् ।

यो चलचित्र चैत ५ गते रिलिज हुँदैछ । त्यसअघि नै अष्ट्रेलियामा भने यही जनवरी २९ मा रिलिज हुदैछ । फिल्मलाई विष्णु चापागाईं, सहदेब गौतम तथा बोलोल गौतमले निर्माण गरेका हुन् भने संगीतकार चेतन सापकोटा फिल्मका कार्यकारी निर्माता एवम् संगीतकार हुन् ।

Comments