मेलबर्न । भिक्टोरियाका महावाणिज्यूत चन्द्र योञ्जन,नेप्लीज एसोसियन अफ भिक्टोरिया न्याभका अध्यक्ष सुधीर शाक्य र न्याभका निवर्तमान अध्यक्ष बम योञ्जनले बुधवार मोरल्याण्ड सिटी काउन्सिलका मेयर समन्था रत्नम्सँग भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा उहाँहरुबीच भिक्टोरियामा रहँदै आएका नेपाली समुदायको समग्र अवस्थाका बारेमा छलफल भएको थियो । त्यसमा पनि मोरल्याण्डलाई आफ्नो गृहनगर बनाउँदै आएका नेपाली समुदायका चुनौति,आवश्यकता र सम्भावनाका बारेमा शाक्य र योञ्जनले मेयरलाई जानकारी गराउँनुभएको थियो । भेटवार्ताका क्रममा नेपाल र मोरल्याण्ड शहरबीचको द्धिपक्षीय सम्बन्धका बारेमा चर्चा गर्दै नेपालका कुनै एक शहरसँग मोरल्याण्ड शहरबीच सांस्कृतिक,सामाजिक तथा औद्योगिक रुपमा भगिनी सम्बन्ध स्थापित गर्ने कुरामा छलफल भएको थियो ।

मेयर सिटीका नव निर्वाचित मेयरसँग परिचय आदनप्रदान गर्ने उदेश्यले नेप्लीज एसोसियसन अफ भिक्टोरिया र महावाणिज्यदूतको कार्यालयले संयुक्त रुपमा उक्त भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । भेटघाटका क्रममा पूर्व मेयरहरुसँगको भेटवार्ताका क्रममा नेपाली समुदायका तर्फबाट प्रस्तुत भएका महत्वपूर्ण एजेण्डाबारे नव निर्वाचित मेयर रत्नमलाई अवगत गराइएको थियो ।

भेटघाट अत्यन्त सकरात्मक रहेको महावाणिज्यदूत चन्द्र योञ्जनले बताउँनुभयो । मेयर रत्नमले नेपाली समुदायले विगतमा पेश गरेका एजेण्डाहरुलाई निरन्तरता दिने प्रतिवद्दता व्यक्त गर्दै नेपाली समुदायको जायज माग र आवश्यकता सम्बोधन गर्न आफू तयार रहेको बताएको योञ्जनले जानकारी दिनुभयो ।

Comments

comments