काठमाडौं । विहीवार एक अष्ट्रेलियन डलरको खरीद दर ७४ रुपैयाँ १४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै एक अष्ट्रेलियन डलरको विक्रीदर भने ७४ रुपैयाँ ५५ पैसा तोकेको छ ।

यता अमेरिकी डलरको भाउ इतिहासकै सबैभन्दा महँगो भएको छ । विहीवार एक अमेरिकी डलरको खरीददर १०८ रुपैयाँ ८४ पैसा र विक्रीदर १०९ रुपैयाँ २४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । विहीवार एक युरोको सटही मूल्य ११८ रुपैयाँ ७६ पैसा र विक्रीदर ११९ रुपैयाँ ४१ पैसा निर्धारण् गरिएको छ ।

तर स्थानीय दरभाउ अनुसार यसमा सामान्य फेरबदल हुनसक्ने पनि राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

Comments

comments