काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एक आत्मघाती आक्रमणकारीमा परी निजी टीभी च्यानलका ७ कर्मचारीहरुको मृत्यु भएको छ । आक्रमणकारीले टिभीको बसलाई निशाना बनाएका थिए ।

आक्रमणबाट अफगानिस्तानको लोकप्रिय टीभी च्यानल टोलो टीभीका सात कर्मचारीको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । टोलो टीभीले पनि ट्वीट गर्दै दुर्भाग्यवस एक आतंकवादी हमलामा आफूहरुले आफ्ना सात कर्मचारी गुमाएको पुष्टि गरेको छ ।

आक्रमणमा बस नजिकै हिडिरहेका अन्य २० जना पनि घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तालिबानले यो आक्रमणको जिम्मा लिएको छ । तालिबानले गत सेप्टेम्बरमा कुन्दुज सहरमा भएको संघर्षको खराब कभरेज गरेको भन्दै टोलो टीभीलाई आक्रमण गर्ने धक्की दिएको थियो ।

टोलो टीभी अफगानिस्तानको पहिलो २४ घन्टे समाचार च्यानल हो र अफगानिस्तानको खबरका लागि यो च्यानल चर्चित छ ।

Comments

comments