मेलबर्न । अष्ट्रेलियामा हरेक २ वर्षमा आयोजना गरिने नेपाल फेष्टिभल यो वर्ष आगामी नोभेम्वरमा हुने भएको छ । फेष्टिभलको प्रारम्भिक तयारी समेत सुरु भएको छ । सिड्नीका लागि आगामी नोभेम्बर २६ तारिखको मिति तय भउको हो । यस्तै अष्ट्रेलियाका अन्य राज्यहरुमा समेत यही सेरोफेरोमा नेपाल महोत्सव गर्ने तयारी भएको छ ।

यस पटक नेपाल महोत्सवलाई अहिलेसम्मकै सबैभन्दा सहभागितामूलक बनाउनका निम्ति विभिन्न योजनाहरु निर्माण गर्ने कार्य भइरहेको आयोजकले बताए । यसपटक फेष्टिबलको बेला चर्चित सांगीतिक समूह नेपथ्यको भव्य कन्सर्ट समेत रहने भएको छ । यसका लागि नेपथ्यलाई अनुबन्ध गर्ने काम सम्पन्न भएको छ । जसअनुसार करिब एक महिना नेपथ्यले सिड्नी, मेलबर्न र ब्रिसबेनको नेपाल महोत्सवमा आफ्नो प्रस्तुति दिने भएका छन् । नेपालको पर्यटन प्रबद्र्धन, संस्कृतिको जगेर्ना र नेपालीबीचको एकतालाई मुख्य केन्द्रमा राखेर नेपाल महोत्सव गरिने बताउनुभयो । एनआरएन अध्यक्ष एवं नेपाल महोत्सव तयारी समिति अष्ट्रेलियाका संयोजक सुरेन्द्र सिग्देलले नेपथ्यलाई ल्याउने तय भएको र सिड्नी, मेलबर्न र ब्रिसबेनमा २०१६ को नोभेम्बर डिसेम्बरमा नेपाल महोत्सव गर्ने तय भएपनि कुन ठाउँमा गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको बताउँनुभयो ।

यसैगरी मेलबर्नमा भने डिसेम्वरमा नेपाल महोत्सव गर्ने तयारी भएको छ । एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले डिसेम्बर महिनामा नेपाल महोत्सव गर्ने तय भएको जानकारी दिनुभएको हो । फेडरेशन स्क्वायरमा हुने नेपाल महोत्सव सम्भवतः डिसेम्वरको पहिलो या दोश्रो साता हुने कँडेलले जानकारी दिनुभयो ।

नेपाल महोत्सवको सुरुवात भने ब्रिसबेनबाट हुने तय भएको छ ।

Comments

comments