एजेन्सी ।अमेरिकाका अन्तरिक्ष वैज्ञानिकले सौर्य मण्डलमा नयाँ ग्रह पत्ता लगाएका छन् । नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकको भनाई छ ।

क्यालिर्फोनिया इनस्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ ग्रहको नाम तत्कालका लागि प्लानेट नाइन राखिएको छ । ग्रह रहेको भन्ने अनुसन्धानको नतिजा कम्प्युटर मोडलिङमा आधारित छ ।

तर अनुसन्धान रिर्पोटका सहलेखक कोनस्टान्टिन बेटेगिनले भने ग्रह अस्तित्वमा रहेकोमा आफूहरु पूर्ण विश्वस्थ रहेको बताउनुभयो । यो अनुसन्धान र त्यसको उपलब्धीले सौर्य मण्डल तथा आकाश गंगाको विषयमा हुने नयाँ जानकारी प्राप्त गर्न सकिने वैज्ञानिकको भनाई छ ।

प्लानेट नाइनले वरुणले भन्दा २० गुणा छिटो सूर्यको परिक्रमा गर्ने अनुसन्धानकर्ताले बताएका छन् । सौर्य मण्डलमा यसको अर्बिटको दूरी दुई अर्ब ८० करोड माइलको छ ।

वरुण भन्दा २० गुणा छिटो गतिमा सूर्यको परिक्रममा गर्ने भएपनि अर्बिट ठूलो भएकाले यसलाई एक पटक सूर्यको पूर्ण परिक्रमा गर्न १० देखि २० वर्ष सम्म लाग्ने अनुसन्धानकर्ताले बताएका छन् ।

Comments

comments