काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटवल अन्तर्गत नेपालको युवा टोलीले मंगलबार माल्द्धिभ्ससंग प्रतिष्पर्धा गर्दैछ । माल्द्धिभ्सविरुद्ध जीतका लागि नेपालले सुधारिएको प्रदर्शन गर्न आवश्यक छ ।

बंगबन्धु राष्ट्रिय रंगशाला ढाकामा मंगलबार नेपाली समयअनुसार साँझ सवा पाँच बजे नेपाल र माल्द्धिभ्सको २३ बर्षमुनिका राष्ट्रिय टोलीबीच प्रतिष्पर्धा हुनेछ । माल्द्धिभ्स प्रतियोगिताको उपाधि दावेदार टोली हो । समुह बीको बिजेताको रुपमा सेमिफाइनल प्रबेश गरेको माल्द्धिभ्सले समुह ए को उपबिजेता नेपालसंग फाइनल प्रबेशका लागि प्रतिष्पर्धा गर्न लागेको हो । खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक वालगोपाल महर्जनले आफुहरु जित्नका लागि खेल्ने बताएका छन । माल्द्धिभ्स उत्कृष्ट टोली रहेको बताउदै प्रशिक्षक महर्जनले माल्द्धिभ्सका चार पाँच जना खेलाडी उत्कृष्ट रहेकाले उनीहरुलाई रोक्ने रणनीति नेपालले अपनाउने बताउनुभयो ।

प्रतियोगिताको समूह एबाट दुई बराबरी र एक जितको साथमा उपबिजेता बन्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । समुह बीबाट माल्द्धिभ्सले दुई जित र एक बराबरी सहित समुह बिजेताको रुपमा सोिफनइनलमा पुगेको हो ।

नेपाल प्रतियोगितामा एक गोलपनि नखाने एकमात्र टोली हो । समुह चरणमा नेपालले मलेशियाको फेल्डा युनाईटेड र आयोजक बंगलादेशसंग दुवै खेलमा गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई एक शून्य गोलले हराएको थियो ।

Please follow and like us:

Comments