मोरङ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकको भाषा र शब्द परिमार्जन गरेर संविधान संशोधन गर्न आग्रह गर्नुभएको छ ।

उहाँले मुलुकको एकता कायम राख्न मधेस आन्दोलनको सम्बोधन गर्नुको विकल्प नरहेको बताउनुभयो ।  सोमवार संघीय समाजवादी फोरम मोरङले आयोजना गरेको वर्तमान राजनैतिक सन्दर्भ विषयक कार्यक्रममा अध्यक्ष यादवले संविधान संशोधनको कार्यबाट मुलुकले निकास पाउने भएकाले संविधान संशोधनमा राज्यको सीमांकन र राज्य तथा केन्द्रको शक्ति बाँडफाडको विषयमा समेत संशोधन हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले मुलुकको एकता र अखण्डतालाई अविच्छिन्न राख्ने हो भने मधेस आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्नुको विकल्प नभएको बताउनु भयो ।

अध्यक्ष यादवले मधेस आन्दोलनको मागहरु सम्बोधन नभए सम्म आन्दोलनको स्वरुप परिवर्तन गरेर भएपनि जारी राख्ने जानकारी दिनुभयो । उहाँले सरकार वार्ता प्रति संवेदनशील हुन नसक्दा आन्दोलन लम्बिएको जिकिर समेत गर्नुभयो ।

Comments

comments