काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी घटाएको छ । निगमले करिब साढे ४ महिनापछि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य सोमवार घटाएको हो ।

निगमले गरेको मूल्य समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ, डिजलमा ६ रूपैयाँ, मटीतेलमा ६ रूपैयाँ मूल्य घटेको छ । यस्तै हवाई इन्धनमा ६७ रूपैयाँ मूल्य घटेको छ । सोमबार साँझ बसेको निगमको बैठकले मूल्य घटाएसँगै पेट्रोलको मूल्य अब प्रतिलिटर ९९ रूपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य ७५ रुपैयाँ भएको छ ।

यसअघि निगमले भदौ १५ गते पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँले घटाएको थियो । निगमको सोमवार बसेको बैठकले खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

नयाँ मूल्य सोमबार राति १२ बजेबाट लागू भएको छ ।

Comments