काठमाडौं । साताको पहिलो दिन आइतवार अष्ट्रेलियन एक डलरको खरीद दर ७४ रुपैयाँ २२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै अष्ट्रेलियन एक डलरको विक्रीदर भने ७४ रुपैयाँ ६४ पैसा छ ।

अमेरिकी डलरको मूल्य भने निकै उच्च बन्दै गएको छ । आइतवार एक अमेरिकी डलरको खरीद दर १०७ रुपैयाँ ९४ पैसा कायम रहेको छ । एक अमेरिकी डलरको विक्री दर भने १०८ रुपैयाँ ५४ पैसा पुगेको छ ।

यता युरोपियन युरोको मूल्य पनि निकै बढेको छ । आइतवार एक युरोको खरीद दर ११७ रुपैयाँ ९४ पैसा र विक्री दर १०८ रुपैयाँ ५४ पैसा छ ।

तर यो दरभाउमा केही फेरबदल पनि हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

Please follow and like us:

Comments