काठमाडौ । उपचारका लागि भन्दै केहि सातदेखि नयाँ दिल्लीमा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज काठमाडौँ फर्कनुहुने भएको छ ।

काठमाडौँ आइपुगे लगत्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भएको छ । लामो समय वार्ता र सहमतिय प्रक्रियाबाट बाहिरजस्तै देखिनु भएका महतोले आज दिल्लीबाट फर्केपछि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपचारका लागि दुई साताअघि भारत पुगेका सद्भावना अध्यक्ष राजेन्द्र महतो स्वदेश फर्किदै हुनुहुन्छ ।

सुनसरीको विराटनगरस्थित रानी भन्सार नाका अबरोधका क्रममा घाइते भएपछि थप उपचारका लागि भारत पुगेका महतो आज दिउँसो स्वदेश फर्कन लाग्नु भएको छ । महतो दिउँसो सवा १२ बजे त्रिभुवन विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ ।

Please follow and like us:

Comments