काठमाडौँ । नेपालमा धेरै अमेरिकन अवैध रुपमा बस्दै आएको तथ्य खुलेको छ। एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रुपमा नेपाल बस्दै आएको पाइएको छ।

सन् २०१५ मा नेपालमा अवैध रुपमा बस्दै आएका ३६ जना विदेशीलाई नेपाल सरकारले कारबाही गरी निष्कासन गरेको छ। अध्यागमन ऐनविपरीत नेपालमा विभिन्न काम गरेर बस्ने अमेरिकी नागरिकलाई निष्कासन गरिएको हो।

अमेरिकासहित अन्य ३२ देशका नागरिक नेपालमा गैरकानुनीरुपमा बस्दै आएपछि सरकारले निष्कासन गरेको हो।

फ्रान्स, बेलायत, जर्मनी, जापान, अष्ट्रेलिया, नेदरल्याण्डजस्ता समृद्ध देशका नागरिकसमेत नेपालमा अबैधरुपमा बस्दै आएको खुलेको छ। उनीहरुबाट सरकारले एक वर्षमा करिव साढे दुई करोड रुपैयाँ भन्दा बढी जरिवाना असुलेको छ।

Please follow and like us:

Comments