काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौमा विद्युतिय रेलको सुरुवात गर्ने घोषणा गर्नुभएको छ । थारु कल्याणकारणी सभाले शुक्रबार काठमाडौमा आयोजना गरेको मागी महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले

छिट्टै विद्युतीय रेलको प्रक्रिया शुरु गर्ने बताउनुभयो । त्यसक्रममा उहाँले आफूले काम गर्ने योजना बनाउँदा हावादारी गफ भनिएकोमा आक्रोश समेत व्यक्त गर्नुभयो । आफू सिंहदरबारमा फोटो झुण्डाउनकालागि प्रधानमन्त्री नभएको र देशको विका आफ्नै कार्यकालमा गरेर छाड्ने उहाँको दावि थियो । ‘काठमाडौमा इलेक्ट्रिक रेल चल्छ । केही समयपछि मैले त्यसको सुरुवात गर्ने छु । काठमाडौ,पोखरा र उत्तरदक्षिण बाटाहरु बन्छन । त्यो नगरेर मैले के गर्ने ? बालुवाटार र सिंहदरबार,सिंहदरबार र बालुवाटार गरेर समय काट्ने ?’ – उहाँले प्रश्न गर्नुभयो ।

‘मैले गर्छु भन्यो भने केहीलाई रिस उठ्छ । काम गरेर देशलाई अगाडी बढाएर जाने हो । कुनै बहादुर छ नेपाल दुईदिनभीत्र केही गरिहाल्ने ? त्यस्तो छ भने मलाई भन्नु पर्यो । नभए मेरो योजना छ । त्यो योजना अगाडी बढ्छ । अचम्म लाग्छ । गर्छु भन्न नपाइने ?’ – ओलीले आफ्नो आलोचनाको प्रतिवाद गर्दै भन्नुभयो ।

Comments

comments