एजेन्सी । भारतको बिहारमा समोसा, भुजिया र निम्की खाँदा कर लाग्ने भएको छ ।

बिहार सरकारले यी खानेकुरालाई बिलासिताको वस्तुको सूचीमा राख्दै यसको खरिदमा कर लगाएको हो । मुख्यमन्त्री नितिशकुमारको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले कर लगाउने निर्णय गरेको हो ।

नितिश सरकारको यो निर्णयबाट पाँच सय भारतीय रुपैयाँभन्दा बढीका समोसा, निम्की, भुजिया, आलुचिप्स्लगायत परिकारमा १३ दशमलव ५ प्रतिशत कर लाग्ने भएको छ । बिहारमा यसअघि भने यस्ता परिकारमा कर लगाइएको थिएन ।

योसँगै त्यहाँ महंगा सारी खरिद गर्ने र ५ सय रुपैयाँ भन्दा महंगो मिटरको कपडा किन्नेलाई पनि ५ प्रतिशतको कर लाग्ने विहार सरकारले निर्णय गरेको छ ।

Comments

comments