पार्टीको नवौं महाधिवेशन सकिए लगत्तै सोमबार अष्ट्रेलियाको मेलबर्न पुगेका एमाले नेता एबं माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रि खगराज अधिकारीले अबको २० बर्षमा सबै नेपाली अष्ट्रेलिया छाडी नेपाल फर्कने दावी गर्नुभएको छ |

नेपाल एसिया महादेशकै उदय बिन्दु भएकोले अबको २० बर्षमा नेपाल समृद्धशाली हुनेमा शंका  नरहेको उहाँको  दावी थियो | नेपालमा विकासको सम्भावना अत्यधिक रहेको र त्यसका निम्ति  पूर्वाधार तयार हुने क्रम सुरु भएकोले  नयाँ अवसरहरु सिर्जना हुने क्रम अघि बढ्दै जाँदा  कुनै नेपालीले विदेशिने मन गर्ने छैनन् , अधिकारीले भन्नुभयो | तिन बर्षमा नेपालको लोडसेडिङ समस्या टुंगिने, धरासयी बन्दै गएका व्यापार व्यवसाय सुधारोन्मुख रहेको ले आशा र अपेक्षा गर्ने ठाउँ रहेको उहाँको भनाइ थियो | नेकपा एमाले सम्बद्ध ओवर्सिज नेपलिज फोरम (ओएनएफ)भिक्टोरियाका सदस्यहरु एबम एमाले कार्यकर्ताहरु बिचको भेटघाट कार्यक्रममा सहभागी भएका मन्त्रि अधिकारी सामु  ओएनएफ इन्चार्ज राम रानाभाटले अष्ट्रेलियामा रहेका प्रवासी  नेपालीहरुको भिषा पासपोर्ट लगायतका समस्याहरु बारे आफ्ना कुरा राख्नु भएको थियो |

गोर्खाज नेप्लिज रेस्टुरेन्टमा आयोजित उक्त स्वागत तथा भेटघाट कार्यक्रममा मेलबर्न  स्थिति नेपाली दुतावास प्रतिनिधि एबं कन्सोलेट चन्द्र योन्जनले सबै नेपालीहरुको समस्या एबम गुनासो सुन्न हरबखत तयार रहेको बताउनु भएको छ | कन्सोलेट योन्जनले  आफ्ना समस्याहरु बारे तत्काल  जानकारी गराई दुतावासबाट आवस्यक सहयोग लिन सबै अस्ट्रेलियाबासी नेपालीहरुलाई आग्रह समेत गर्नु भयो |

मन्त्रि अधिकारीले खाना पस्किएर बाँडे 

adhikari

नेकपा एमाले सम्बद्ध ओवर्सिज नेपलिज फोरम (ओएनएफ)भिक्टोरियाका सदस्यहरु एबम एमाले कार्यकर्ताहरु बिचको भेटघाट कार्यक्रममा सहभागी भएका स्वास्थ्य मन्त्रि खगराज अधिकारीले सबै सहभागीहरुलाई  कार्यक्रम पश्चात आयोजित दिवा भोजमा आफैले खाना  पस्किएर बाड्नु भएको थियो |

 

Comments

comments