काठमाडौं । पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा माघको पहिलो साताबाट ५ सय इञ्जिनियरहरुलाई भूकम्प प्रभावित क्षेत्रमा सर्वेक्षणको लागि खटाउने भएको छ ।

प्राधिकरणले ३ पटक सम्ममा करीव १५ सय इञ्जिनियरलाई तालिम दिएर भुकम्प प्रभावित क्षेत्रमा पठाई बैशाख पहिलो साताबाट भत्किएको घरको पुनर्निर्माणको काम थाल्ने छ । प्राधिकरणले द्रुत गतिमा काम गरेको अवस्थामा बैशाख पहिलो साता पीडित जनताले घर निर्माण गर्न पहिलो चरणमा ५० हजार रुपैया पाउने छन ।

बैशाख १२ गते र त्यस पछि पटक पटक गएको भुकम्पबाट प्रभावित क्षेत्रका जनताले भुकम्प गएको एक बर्ष पछि पुर्ननिर्माणको अवसर पाउने भएका हुन । भुकम्प प्रभावित क्षेत्रका जनताले सास्ती पाइरहेकोले पुर्ननिर्माण प्राधिकरणलाई छिटो भन्दा छिटो पुर्नवासको काम थाल्ने हतारो भएको प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा अति प्रभावित र सास्तीपुर्ण जीवन भोगेका जनतालाई सम्वोधन गर्ने क्रममा बैशाख पहिलो साताबाट प्रभावित क्षेत्रमा घर निर्माणको काम थाल्ने छन ।

भुकम्प प्रभावित क्षेत्रका जाडो र हिमापातको समस्याबाट प्रभावित जनता निकै सकसमा परेको हुदाँ बिस्तृत अवस्था बुझेर नक्सा र डिजाइनको काम सके पछि घर निर्माणको काम शुरु गर्ने पनि ज्ञवालीले बताउनु भयो । उहाँले दाताहरुबाट आएको सहयोग पारदर्शी रुपमा जनताको आवास निर्माणमा खर्च गरिने बताउनु भयो ।

Comments

comments