आधुनिक पोशाकमा सलमानको अनेक स्वरूप हेरेर दंग पर्ने दर्शकहरुले अब परम्परागत धोति कुर्तामा समेत देख्न पाउने भएका छन् |

सूरज बड़जात्या को फिल्‍म ‘प्रेम रतन धन पायो’ मा बलिउडका सल्‍लू कुर्ता, पाइजामा र  धोतीमा सजिएको देखिने छन् | यस अघि यस्तै गेटअपमा  ‘हम साथ साथ हैं’ मा  ‘प्रेम’ को भूमिकामा देखिएका थिए सलमान | राजश्री फिल्‍म की परम्परा कायम राख्दै यस फिल्‍मले  पारिवारिक कथामा सलमानलाई उभ्याउने भएको छ |

गएको १६ बर्ष देखि सलमान र सुरजको जोडी अटुट रुपमा अघि बढेको छ | ‘मैंने प्‍यार किया’, ‘हम साथ-साथ हैं’ और ‘हम आपके हैं कौन’ जस्ता सुपरहिट फिल्ममा एक साथ काम गरेका सल्लु सुरजको यो सम्बन्ध अझै सम्म दर्शकले रुचाएकै छन् |

‘प्रेम रतन धन पायो’ फिल्‍ममा  सलमान दोहोरो भूमिकामा देखिने छन् |  सन् २०१५ को दिपावलीलाइ लक्षित गरि यो फिल्मको तयारी हुँदै छ |

 

Comments

comments