मेलबर्न । तातो दाल, तातै भात अनि सिजन अनुसारका तरकारी । त्यसमाथि गुन्द्रुक,भटमास साँधेको अचार । अनि राजाइ अनुसारको मासुको झोलयुक्त परिकार । अझ बास्नादार देशी घ्यू । यही हो नेपाली खानाको परिकार,जुन सम्झिदै भोक लागेको अनुभव हुन थाल्छ । हुन पनि ग्वाम ग्वाम हातैले नेपाली खाना खानुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले विदेश आउँने नेपालीहरुले सबैभन्दा बढी मिस गर्ने कुरा नै नेपाली खाना हुने गरेको छ ।

तर अब अष्ट्रेलियाको सिड्नीमा तपाई हुनुहुन्छ भने तपाईले नेपाली खानालाई मिस गर्नुपर्दैन । अलिकति फुर्सद निकालेर गोर्खा ब्रुन्सवीक रेष्टुराँमा जानु भए तातो नेपाली खानाका परिकार तपाईको टेबुलमा आइपुग्छ । अनि ग्वाम ग्वाम खान सक्नुहुनेछ ।

नेपाली खानाका सौखिनहरुलाई ध्यानमा राखेर गोर्खा ब्रुन्सवीकले एउटा विशेष प्याकेज नै बनाएको छ । उक्त प्याकेज अनुसार हरेक सोमवार र मंगलवार साँझ नेपाली खानाका पारखीहरुका लागि विशेष रहनेछ ।

किनभने उक्त दुई दिन मात्र २० डलरमा पेटमा अटुञ्जेल र भोक नमेटुञ्जेल अनलिमिटेड रुपमा नेपाली खाना खान सकिने व्यवस्था गरिएको छ । त्यही पनि पूरा १२ थरीका परिकार ।

Comments

comments