काठमाडौं । भारतीय नाकाबन्दीपछि चार लाख मजदुर कर्मचारीले रोजगारी गुमाएका छन् ।

देशभर सञ्चालनमा रहेका २२ सय उद्योग बन्द भएपछि त्यहाँ कार्यरत चार लाख मजदुर कर्मचारीले रोजगारी गुमाएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । पछिल्लो समय केही मात्रामा बन्द र हड्ताल खुकुलो भएपछि आंशिकरुपमा उद्योगहरु सञ्चालनमा आएका छन् । तर पनि मजदुर कर्मचारीको रोजगारी फर्केको छैन ।

१५३ दिनदेखि बन्द र हड्ताल छ । बन्द र हड्तालका कारण दैनिक २ अर्बका दरले नोक्सानी भइरहेको उद्योगी ब्यवसायीले बताएका छन् । १५३ दिनदेखिको बन्दले राज्यले विनाशकारी भूकम्पको भन्दा बढि क्षति बनाएको महासंघ अन्तर्गत कर राजश्व समितिका उपसभापति सौरभ जोतिले बताए । ‘हामीले देशभरका ब्यवसायीहरुसँग गरेको कुराकानीका आधारमा रिपोट तयार पारेका छौ’, सौरभ ज्योतिले भने ‘विनाशकारी भूकम्प भन्दा राष्टले नाकाबन्दीमा बढि क्षति भोग्यो ।’
विनाशकारी भूकम्पले १४ जिल्ला प्रभावित भएपनि नाकाबन्दीले एकैपटक सिडगो देश प्रभावित भएको उद्योगीहरुको दावी रहेको छ । नाकाबन्दीका कारण ३ खर्व नोक्सानी भएको अनुमान गरिएको छ । यसले देशको अर्थतन्त्रमा ठुलो घाउ बनाएको ब्यवसायीले बताएका छन् ।

उद्योगी ब्यवसायीको समस्या हल गर्न सरकारले एक खर्वको कोष खडा गरिसकेको छ । त्यहीबाट संकटमा परेका उद्योगीहरुलाई ऋणदिने कार्य सरकारले सुरु गरेको छ ।

Comments