एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । न्युक्यासलसँग ३–३ को बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेड अंक तालिकाको छैटौं स्थानमा झरेको छ ।

नवौं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै वायने रुनीले म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ३८ औं मिनेटमा लिङगार्ड म्यानचेस्टर युनाइटेडका अग्रता दोब्बर पारे । ४२ औं मिनेटमा विज्नाल्डमले न्युक्यासलका लागि पहिलो गरे । ६७ औं मिनेटमा न्युक्यासलका मिटरोविचले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । रुनीले ७९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई ३–२ को अग्रता दिलाएपनि ९० औं मिनेटमा न्युक्यासलका डुमिटले गोल गरेपछि खेलको ३–३ को बराबरीमा सकियो ।

२१ खेलबाट ३४ अंक जोडेको म्यानचेस्टर युनाइटेड छैटौं तथा समान २१ खेलबाट १८ अंक जोडेको न्युक्यासल १८ औं स्थानमा छ ।

मंगलबार राति नै भएको खेलमा बोर्नमाउथलाई ३–१ ले हराएको वेष्ट ह्याम पाँचौं स्थानमा उक्लिएको छ । वेष्ट ह्यामको २१ खेलबाट ३५ अंक भएको छ । २१ अंक जोडेको बोर्नमाउथ १६ औं स्थानमा छ । अर्को खेलमा पुछारको एस्टन भिल्लाले सातौं स्थानको क्रिष्टल प्यालेसलाई १–० ले हरायो ।

Please follow and like us:

Comments