काठमाडौं । पछिल्लो पाँच महिनादेखिको तराई आन्दोलन र त्यस लगत्तैको भारतीय नाकाबन्दीले दशैतिहारदेखि ल्होछारसम्मका चाडपर्वहरु प्रभावित भएका छन् । तर माघे संक्रान्तिको मुख्य खाद्यान्न तरुलको आयातमा भने नाकाबन्दीको प्रभाव देखिएको छैन । मुलुकभर चाहिने तरुल नेपालभित्रै उत्पादन हुने गरेकोले पनि तरुलको आपुर्तिमा नाकाबन्दीले असर नपु¥याएको हो ।

माघेसंक्रान्तीको दिन विशेष गरी ध्यु, चाकु तरुलको प्रयोग हुने गरेको छ । ध्यु तेलजन्य बस्तुहरुमा भारतले लगाएको अघोषित नाकाबन्दीको असर परे पनि तरुलमा भने नाकाबन्दीको असर एकदमै न्युन परेको छ । तरुल विशेषगरी तराई क्षेत्रमा उत्पादन हुने गरेको छ । पहाडी क्षेत्रमा आंशिक रुपमा तरुलको व्यवसायी खेती हुने गरेको छ । नेपालमा न्युन रुपमा तरुल भारतबाट आयत गर्ने हुर्दा भारतले लगाएको अघोषित नाकाबन्दीको असर तरुलको आपुर्तिमा नपरेको हो ।

पेट्रोलीयम पदार्थको अभावका कारण तरुल ढुवानीमा असर परे पनि तरुलको आयात निरन्तर रुपमा गरिरहेका छन् । माघेसङक्रतीको अवसरमा दैनिक एक सय टन तरुल आयत गरेको कालीमाटी थोक तरकारी तथा फलफूल विक्रि केन्द्रका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेले बताउनुभयो ।

उपभोक्ताहरुसँग तरुलको मूल्य बुझ्दा गत बर्षको भन्दा यो वर्ष मूल्य आकाशिएको बताउछन् त कोही यो वर्ष र गत बर्षमा तरुलको मूल्य खासै अन्तर नभएको बताउछन् ।

व्यापारीहरुसँग तरुलको मूल्य बुझ्दा गत बर्षको तुलनामा यो वर्ष ढुवानीमा खर्च वृद्धि भएका कारण तरुलको मूल्य बढेको बताउछन् भने कोही ढुवानीमा खर्च बढे पनि पहिलेकै मूल्यमा तरुल विक्रीवितरण गरिरहेको दावी गर्छन् ।

अधिकांश बजारमा गतबर्षकै मूल्यमा तरुलको विक्रीवितरण भइरहेकाले पनि तरुलमा नाकाबन्दीको असर नपरेको प्रष्ट हुन्छ ।

Comments

comments