नयाँ दिल्ली । भारतीय राज्य मध्यप्रदेशको दतियामा भारतीय जनता पार्टीका दुई महिला नेतृ बिच सडकमै एकअर्काको चरित्र कोट्याँदै भिडेका छन् । यसक्रममा उनीहरुले कपाल भुत्लाभुत्ली गर्नुका साथै जमेर एकअर्काको गालामा थप्पड समेत हानेका थिए । पछि दुवैले प्रहरी चौकरीमा एकअर्काविरुद्ध उजुरीसमेत दिएका छन्।

भाजपा मोर्चाकी जिल्ला अध्यक्ष सुलक्षणा गांगौटिया र जनपद सदस्य क्रान्ति राय एक स्थानीय कार्यकर्ताको घरमा बसेका थिए । यसक्रममा गांगौटियाले आजकलका कुमारी युवतीहरु विवाहित महिलाभन्दा पनि गृहस्थीमा बढी जानकार रहेको टिप्पणी गरिन् । यो टिप्पणीको क्रान्तिले जमेर विरोध गरिन् । हेर्दाहेर्दै यो विषय तिब्र बहसको विषय बन्यो । उनीहरु सबै कार्यकर्ता सामु एकले अर्काको चरित्रमाथि औला ठड्याए ।

कार्यकर्ताहरुले उनीहरुलाई घर जान पटकपटक आग्रह गरे । उनीहरु बाहिर पनि निस्किएका थिए । तर, क्रान्ति जसै कारमा चढिन् सुलक्षणा गांगौटियाले उनलाई कपालमा समातेर सडकमा लडाइन् । यसपछि दुवैबीच सडकमै मारपिट सुरु भयो । बिच सडकमा एकले अर्कालाई सकेजति थप्पड बर्साए ।

मुश्किलले त्यहाँ उपस्थित कार्यकर्ताहरुले उनीहरुलाई अलग गरे र त्यहाँबाट पठाए । तर,घटना अन्त्य भएन । विवादपछि सुलक्षणा गांगौटिया र क्रान्ति दुवैले एकर्आविरुद्ध प्रहरीमा उजुरी दिए । अहिले प्रहरीले उजुरीमाथि छानविन भइरहेको जनाएको छ।

Comments

comments