काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फागुनको पहिलो सातासम्म भारत भ्रमणमा जाने गरी सरकारले तयारी थालेको छ ।

प्रधानमन्त्री ओलीले सम्भावित भ्रमणको एजेन्डाबारे तीनजना उपप्रधानमन्त्री र आधा दर्जन सचिवलाई बालुवाटार बोलाएर भारतसँग छलफलको ठोस एजेन्डा तयार गर्न निर्देशन दिएका छन् । बालुवाटार स्रोतका अनुसार ओली ‘चाँडोमा माघको पहिलो साता र ढिलोमा फागुन पहिलो साता’ नयाँदिल्ली जानेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीबीच १६ पुसमा भएको टेलिफोन वार्तापछि भ्रमणको तयारी थालिएको हो । त्यसअघि तराई आन्दोलनका एजेन्डा सम्बोधन गर्न सरकारले ५ पुसमा पारित गरेको संविधान संशोधनसहित तीन महिनामा सीमांकन विवाद टुंग्याउने प्रस्तावलाई भारतले समर्थन गरेको थियो ।

Comments

comments