काठमाडौं । आफ्नो चलचित्रकी दुलही सुमिना घिमिरे साँच्चिकै अर्कैकी दुलही बनेर घर गृहस्थीमै रमाएपछि निर्देशक बाबुराम ढकाललाई गाह्रो भएको छ । सफल चलचित्र दुलहीको सिक्वेल बन्ने भएपछि नायिका को राख्ने भन्ने विषयले उनलाई सताउँन थालेको हो ।

त्यसैले निर्देशक ढकालले चलचित्रको नाम मात्र सिक्वेल रहने गरी कथा लेख्दै गरेको बताए । तर दुलही २ मा पनि राजेश हमाल भने रहनेछन् ।

चलचित्रमा जीवन लुइटेलसंग पनि मौखिक सहमति भैसकेको छ । तर नायिकाको भने अझै टुङ्गो लागको छैन । त्यस्ेले निर्देशक ढकालले नयाँ अनुहार खोजि गरिरहेको बताए । हाल उनी चलचित्र तिन घुम्तिको नेपाल रिलिजको तयारी गरिरहेका छन् ।

चलचित्र दुलही २ जेठ बाट फ्लोरमा जाने छ ।

Comments

comments