1173781_705599526139190_938317384_nमानिसलाई आवस्यकता भन्दा पनि चाहनाले डो-र्याउँछ | अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेका  नेपाली पप तथा आधुनिक संगीतीक आकाशका नव नक्षेत्र  राजकुमार गोस्वामीले आफ्नो संगीत प्रतिको मोह प्रवासमा रहँदा समेत त्याग्न सकेनन् | आफ्नो इच्छा र लगनशिलतालाई विदेशमै बसेर पनि सदुपयोग गर्न कोशिस गर्ने युवा गायक हुन् राजकुमार गोस्वामी |

“कोशिस” एल्बमबाट सांगीतिक आकाशमा डेब्यु गरेका राजकुमारले गोविन्द प्रसाद उपाध्याय , रजनी शाह , अरुण तिवारी, महेश ज्ञावली आदिको शब्दमा स्वर दिएका छन् | पहिलो एल्बम “कोसिश”मा विक्रम थापा संदेश परियार , शिव परियार , महेश ज्ञावली आदिको संगीत रहेको छ |  राजकुमारले आफ्नो एल्बमको पहिलो म्युजिक भिडियो पनि अष्ट्रेलियामै निर्माण गरेका छन् | सोहि एल्बममा रहेको रजनी शाहको गीत र संदेश परियारको संगीतमा रहेको दोष न मेरो बोलको गीतको म्युजिक भिडियोले सन्चार माध्यमका काउन्टाउनमा राम्रो स्थान ओगटेको छ | पछिल्लो पटक सार्वजनिक भएका  “अरुको अंगालोमा, दोष” अनि  “साँझको बेला” बोलको गीत कर्ण प्रिय छन् | केहि समय अघि मात्र “साँझको बेला” गीतको म्युजिक भिडियो तयार भएको छ, जसको निर्देशन भुषण दाहालले गरेका हुन् |

गायक राजकुमार गोस्वामी अस्ट्रेलियामा हुने नेपाली संगीतका कार्यक्रमहरुका आकर्षणका केन्द्र बन्दै गएका छन् | बिभिन्न समयमा आयोजना भएका सांगीतिक माहौलमा राजकुमारका गीतमा रम्ने दर्शक श्रोताहरुको संख्या बढ्दो क्रममा छ |


306211_544673025565175_1538037027_n

नेपाली संगीतको विकासमा अनधिकृत प्रतिलिपि नरोकिए सम्म ब्यबसायिक संगीत फस्टाउन नसक्ने राजकुमारको धारणा छ | नयाँ बनेका प्रतिलिपि अधिकार सम्बन्धि कानुनहरु समेत लागु गर्न नसक्दा संगीतकर्मीहरु ठुलो मारमा परेको चिन्ता गोस्वामीमा पनि छ | उहाँ भन्नुहुन्छ” बनेका कानुनहरु तत्काल लागु होस् |”

नेपाली संगीत बजारमा नै आवद्ध रहेर निरन्तर गीत संगीत पस्किरहने चाहना बोकेका राजकुमार गोश्वामी आफ्ना गीतहरु सुनिदिएर सुझाब प्रतिक्रिया अनि  सहि सल्लाह  दिनुहुन सार्वजनिक आह्वान गर्नुहुन्छ |

Comments

comments