काठमाडौं । विरामी नेता बर्षमान पुन अनन्तलाई भेट्न थाइल्याण्ड पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ प्रतिनिधीहरुसँग गोप्य भेट गरेका छन् । उनको भेटको रहस्य भने खुलेको छैन । तर भेटको चाँजो पाँचो भने एमाओवादी सभासद् ल्हाक्याल लामाले मिलाएका थिए ।

चीनसँग राम्रो सम्बन्ध भएका लामाले लामो समयको प्रयासपछि चिनियाँ प्रतिनिधीहरुसँग प्रचण्डको गोप्य भेट गराएका छन् । थाइल्याण्डको एक होटलमा प्रचण्ड र चिनियाँ प्रतिनिधीबीच तीन घण्टा लामो छलफल भएको छ ।

एमाओवादी अध्यक्ष दाहाल, पत्नी सिता दाहाल र छोरा प्रकाश दाहालको थाइल्याण्ड भ्रमण सभासद् लामाको खर्चमा भएको छ । लामाले सवैको टिकट र बस्ने ब्यवस्था गरेका छन् । तर सभामुख ओनसरी घर्ति भने आफ्नै खर्चमा विरामी पति बर्षमानलाई भेट्न थाइल्याण्ड पुगेकी छिन् ।

चिनियाँ प्रतिनिधीहरुले नेपाली नेताहरुलाई गोप्यरुपमा थाइल्याण्डमा नै भेट्ने गर्दछन् । प्रचण्डलाई भेट्ने चिनिया प्रतिनिधिले झण्डै एक बर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग थाइल्याण्डमै भेट गरेका थिए ।

प्रचण्डले थाइल्याण्डमा बौद्ध धर्मगुरुहरुसँग पनि भेट गरेका छन् ।

Comments

comments