वि.सं. २००९ साल माघ ११ गते बाबु गाज प्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रुपमा अरुण थापममगरको जन्म भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो। आफ्ना दुईभाइ र एक बहिनीकी दाजु अरुण थापाको प्रारम्भिक शिक्षा जे.पी. हाइस्कुल ठमेलबाट शुरुभएको थियो। सानै देखि आफ्नो कितावी ज्ञान भन्दापनि गितसंगितमा रुचि राख्ने अरुण गितकार र स्विमिङमा सानै देखि सोखिन थिए। स्कुल तहको शिक्षा दार्जलिङमा लिएपनि २०२८ सालमा १९ वर्षको उमेरमा जे,पी. हाइस्कुल ठमेलबाट नै अरुणले एस.एल.सी. उत्तिर्ण गरेका थिए। केही समय विराटनगरको बैंकको जागिरे समेत भएका अरुण संगीतप्रति अधिक रुचिभएकै कारण बैंकको जागिर छाडि वि.सं. २०३० सालतिरबाट पोखरामा बसोबास गर्न थाले। पोखराको बसोबाससँगै पृथ्वीनारायण क्याम्पसबाट उच्चशिक्षा अध्ययनलाई अगाडि बढाए। पोखरामा अध्ययन गर्दैगर्दा आफ्नो बुबाको सहयोगमा नातीकाजी र शिवशंकर जस्ता संगितकारसँग अरुणको परिचय हुनपुग्यो। २०३२ सालमा स्वर परिक्षा पासगरेपक्षि आश्विण गुरुङको रचना र ओमविक्रम विष्टको संगितमा पहिलोपटक कतै टाढा तिमीबाट पुगेंभने सम्झेर नरुनु ठुलो छ संसार ………………हजार छन बोलको गित रेकर्ड गराएका थिए। पहिलो गितले खासै लोकपि्रयता कमाउन नसकेपनि २०३४ सालको अन्त्यतिर “ऋतुहरुमा तिमी ………………।” २०३६ सालमा “जतिमाया लाए पनि……………॥ ” आदि गीतले उनको चर्चा देशविदेश सर्वत्र भयो। र उनी सांगितिक क्षेत्रको एउटा चम्किलो नक्षत्रको रुपमा नेपाली आकाशमा उदाए।
आफु पि.एन. क्याम्पसमा अध्ययनरत रहँदा क्याम्पसले आयोजना गर्ने विभिन्न कार्यक्रममा आफुद्धारा स्वरवद्ध गित र विभिन्न ख्यातीप्राप्त देश-विदेशका गायकहरुको कालजयी गित प्रस्तुत गरेर थुप्रै प्रशंसक बटुल्न सफल भैसकेका थिए। त्यहि क्रममा “मेरा जीवन कोरा कागज………… “बोलको गित गाएपछि पोखरा निवासी विमला पालिखे पूर्व राष्ट्रीय खेलकुद परिषदका सदस्यसचिव विनोदशंकर पालिखेकी बहिनी ले प्रेम प्रस्ताव राखेपछि निकै भावुक बन्दै गएका अरुणले दुबै पक्षको आफन्तको सहमतिविना २०३४ सालको माघमा ओमविक्रम विष्ट लगायत केहि साथीहरुको मात्र उपस्थितिमा गह्ेश्वरी मन्दिर काठमाडौंमा विवाह गरे। परिवारको सहमति बेगर विवाह गरेकाले विमलाको परिवारबाट विभिन्न किसिमका नाजायज गतिविधिहरु अरुण थापा र विमलामाथि गरिन थालियो र विमलालाई माईतिपक्षबाट छुटाउने समेतका प्रयास हुनथाले। माईतिपक्षको यस्तो प्रयासबाट बच्न अरुण थापा र विमलाले आफन्तकहाँ लुक्ने सम्मका प्रयास गरे केहिसमयपछि दुबैपक्षको सहमतीमा विमलालाई माइतिपक्षले पछि फर्कनेगरि माइति लगे माइति गएकी श्रीमती छिटै आफुसँगै आउने आशामा रहेका अरुणको मन धेरै दिनसम्मपनि विमला फर्केर घरमा नआउँदा पिरोलिन थालिसकेको थियो। अरुणको मन त्यतीबेला छिया-छिया भयो जतिबेला उनले आफ्नो श्रीमतीको विवाह परपुरुषसँग भएको थाहापाए। अत्यन्त इमान्दिारिताका साथ आफ्नो प्रेमविवाह सम्पन्न गरेका अरुण थापाले विमलाले परिवारको दवावमा परपुरुषसँग विवाह गरेको थाहा पाएपछि विक्षिप्त बनेका अरुणले आफुलाई सम्हाल्न नसकि त्यहि देखि अरुणले आफलाई सम्हालने नाममा नशालु पदार्थको सहारा लिन थाले।
अरुणका बुबा गाजुप्रसादले ललितपुरको झम्सिखेलमा घर बनाएका थिए। विवाह भएर विछोडभएपछि अरुले आफनो जिवनसँग मेलखाने किसिमका गित “चोट के हो वेथा के हो मलाई नसोध………… “”जति माया लाए पनि ……………। ” जस्ता चर्चित गीत गाएका थिए। विमलाको दोश्रो विवाहले विक्षिप्त बनेका अरुणले केहिसमयपछि ललितपुर निवासी मुना केसीसँग आफ्नो परिवारको सहमती वेगर दोश्रो विवाह गरे। आफ्नो अविभावकको इच्छा विपरितको विवाह भएकाले विवाहपछिपनि उनको पारिवारिक असहमती हट्न सकेन। यसैविच २०३७ सालमा अरुणको बुवाको दुःखद निधन भएको दुइवषैपनि नपुग्दै उनकी आमाको पनि विसं। २०३९ सालमा देहावसान भयो। बुबा आमाको निधनपछि अरुणमा थप पारिवारिक जिम्मेवारी थपिन गयो। २०४० सालमा अरुण र मुनाबाट छोरी करुणाको जन्म भएको थियो। यतिन्जेलसम्म उनका भाइहरु आ-आफ्नो पेशा -व्यावसायतिर लागिसकेका थिए। आर्थिक र सामाजिक जिम्मेवारी थपिएपछि दायित्व बहनगर्ने क्रममा आफ्नो घर बेचि श्रीमतीको नाममा अन्यत्र जग्गा लिई अरुण डेरामा बस्न थाले। आर्थिक अवस्थामा क्रमशः गिरावट आउँदै जानथालेपछि २०४४ सालमा श्रीमतीको नाममा रहेको जग्गा समेत बेचेपछि अरुण र मुनाविच पनि सम्बन्ध विच्छेद हुनपुग्यो। त्यसपछि मुना थापा छोरीलाई साथै लिएर माइतमै बस्न थालेको केहि समयभित्रै अर्कै व्यक्तिसँग घरजम गरिन भने अरुण थापा विरक्तिएर हिड्न थाले। जीवनमा परेको एकपछि अर्को वज्रपात सहन नसकि पुनः लागूपदार्थको सेवन गर्न थाले अरुण। २०४५ सालमा लागूपदार्थको दुव्र्यवसनीको अभियोगमा १५-१६ महिना जेल जीवनसमेत बिताएका अरुण जेलबाट छुटेपछि फेरी गायन क्षेत्रमा लागे। आफ्नो जीवनको दुखद इतिहासले पिरोलिरहने अरुणको एउटै सहारा फेरिपनि लागूपदार्थको सेवननै बन्न पुग्यो। फलतः अत्याधिक लागूपदार्थको सेवनबाट अरुणलाई कलेजोको हेपाटाईटिस बि को संक्रमण हुनपुग्यो अत्यन्तै नाजुक अवस्थामा आफ्ना मित्र अमृत गुरुङईश्वर गुरुङ र बहिनी मीना थापाको सहयोगमा लगभग ५-६ महिनाको पिडा वेदना र छटपटाईपछि बागबजारस्थित कान्तीपुर गेष्टहाउसमा २०५६ श्रावण ५ गते नेपालका ज्वाजल्यमान नक्षत्र गायक अरुण थापाले नेपाली आकाशका कहिल्यै ननिभ्ने चम्किला ताराको रुपमा आफ्नो भौतिक शरिरबाट सदाका निम्ति विदा लिए।
नेपाली सांगितिक क्षेत्रमा अमर एवं सदावहार गायक अरुण थापामगर संगित प्रेमीहरुमाझ लोकपि्रय रहेपनि राज्यले आफ्नो तर्फबाट कुनै मानसम्मान पदवी र अलंकारले सम्मानित गरेन। २०३७ सालमा “भुलेका कथा तितामीठा गीत गाई आधुनिक गीत-संगीत प्रतियोगितामा प्रथम भए पनि २०२९ सालमा गीततर्फ उत्कृष्ट भएर रेडियो नेपालबाट पुरस्कृत भएपनि उनलाई कुनै पनि प्रतिष्ठानीक क्षेत्रहरुमा राज्यको तर्फबाट कुनैपनि अवसरहरु प्रदान गरिएन। आफ्ना अमूल्य स्वार लहरी प्रदान गरी समृद्ध पारेको रेडियो नेपालजस्ता साचारमाध्यमले गायक अरुण थापामगरको अन्तिम क्षणमा सोधखोजसम्म पनि गरेनन्। तत्कालिन सरकारले त उनको मृत्युमा दुइ अक्षरको शोकसन्देश समेत प्रकाशित नगरेर उनको प्रतिभाको पुरै उपेक्षा गर् यो।
गायक अरुण थापामगरको नेपाली आधुनिक सुगम संगितको भण्डारमा रहेको विशिष्ट योगदानको कदर गर्दै राज्यको तर्फबाट कुनै योजना तय नगरिएपनि नेपाल मगर विद्यार्थी संघले २०६० सालमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरि संकलित रु। ५००००।- को अक्षयकोषबाट अरुणस्मृति संगित पुरस्कार स्वरुप प्रत्येक वर्ष रुं ५०००।- नगदसहित अरुण स्मृति संगित पुरस्कार वितरण गर्दै आएको छ। गीत-संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना मगर कलाकारलाई प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कार प्रत्येक वर्ष श्रावन ५ गते अरुण स्मृति दिवशको अवसरमा वितरण गरिन्छ।

 


माधब कुमार दर्लामी मगरको लेखबाट 

(लेखक नेपाल मगर विद्यार्थी संघका अध्यक्ष हुन्।)
Please follow and like us:

Comments