काठमाडौँ । पैसा, शक्ति र पहुँच छ भने जति संख्यामा पनि ग्यासको सिलिन्डर घरमै आइपुग्छ। ग्यास उद्योगीले उद्योगबाट सीधै पहुँचवालालाई सिलिन्डर पु¥याइदिन्छन्।

सर्वसाधारणले महिनौँ दिनसम्म लाममा बसेर पनि नजिकको बिक्रेताबाट आधा सिलिन्डर ग्यास पाउन नसकेको अवस्थामा पहुँचवालाले अर्डर दिएको दुई दिनभित्रमै चाहेकै परिमाणमा सहजै ग्यास पाउँदै आएका छन्।

Comments

comments