एजेन्सी । केही वर्षयता नयाँ नयाँ प्रविधिको प्रयोग भइरहेका छन् । त्यसमा पनि मोबाइल र नयाँ नयाँ एपमा संसारले अत्यन्त चाँडो प्रगति गरिरहेको छ। तर, अब मोबाइलमा मात्र होइन, एपको प्रयोग गरिएको जुत्ता पनि बजारमा आउने भएको छ।

एपबाट चल्ने चुत्ता बुधबार अमेरिकाको लस भेगासमा शो गरिएको छ। कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीइएस) मा सार्वजनिक गरिएको यो जुत्तालाई संसारकै पहिलो इन्टेलिजेन्ट फुटवेयर नाम दिइएको छ। एपको मद्दतले कन्ट्रोल हुने यो जुत्ताले पैतालालाई न्याो बनाइराख्ने भएकाले चिसो मौसममा निकै उपयोगी हुने दावी उत्पादक कम्पनी डिजिटसोलको छ।

सेप्टेम्बरबाट बजारमा उपलव्ध हुने यो जुत्राबारे निर्माताले यस्तो जानकारी दिएको छ–

–जुत्ताको सोलमा हिटर र सेन्सर जडान गरिएको छ । हिटरले पैतालामुनिको तलुवालाई ३० डिग्री सेल्सियससम्म तातो बनाउँछ ।

–जुत्तामा एउटा ब्याट्री र ब्लुटुथ सेन्सर पनि जडान गरिएको छ। लगातार चलाउँदा ब्याट्रीले आठ घण्टासम्म ब्याकअप दिन सक्छ ।

–जडित सेन्सर युजरले पैतालाको हरेक चाललाई गन्न सक्छ र एपमा डाटा देखाउँछ ।

–आवश्यकताअनुसार ताप बढाउन र घटाउन सकिन्छ । यसबाहेक कस्ने र खुकुलो पार्न पनि सकिन्छ ।

–सामान्य जुत्ताभन्दा ठुलो हुने यो जुत्तामा तुना राखिएको छैन ।

–माइक्रो युएसबी चार्जरका माध्यमले जुत्ताको ब्याट्री चार्ज हुन्छ । –जुत्ताको मूल्य चार सय ५० अमेरिकी डलर राखिने निर्माताले जनाएको छ।

Comments

comments