काठमाडौं । बुधवार उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबीसँगै एसियाली अर्थतन्त्रमा त्यसको नकरात्मक प्रभाव देखा पर्न थालेको छ । विशेष गरी चीन,दक्षिण कोरिया,जापान,हङकङ र अष्ट्रेलियाको शेयर बजारमा नकरात्मक प्रभाव देखिएको छ ।

चीनको संघाइ शेयर सूचांककामा बुधवार २.३ प्रतिशत गिरावट आएको छ भने चिनियाँ मुद्रा युआनको भाउ घट्ने क्रम समेत शुरु भएको छ । उता अष्ट्रेलियाको शेयर बजार एस एण्ड पि एएसएक्स २०० मा पनि बुधवार १.२ प्रतिशतको गिरावट देखापरेको छ । हङकङको शेयरबजार पनि १ प्रतिशत घटेको छ ।

शेयरबजारमा गिरावट आउँने क्रममा जापान पनि अछुतो रहेन । जापानको निकेइ शेयर बजारमा बुधवार १ प्रतिशतको गिरावट आयो भने विहीवार यो अझै घट्ने अनुमान गरिएको छ । पछिल्लो केही दिन यता जापानी येनको मूल्य महँगो हुँदै गएको बेला उत्तर कोरियाले नयाँ परमाणु बम परीक्षण गरेपछि त्यसमा पनि प्रभाव पर्ने निश्चित प्राय भएको छ ।

Comments

comments