एजेन्सी । पप महारानीका नामले परिचित म्याडोनाले सिंगापुरमा वयस्कहरुका लागि मात्र कन्सर्ट गर्ने भएकी छिन् ।

ग्लोबल हर्ट टुर नामक म्याडोनाको उक्त कन्सर्टमा १८ वर्ष मूनिका दर्शकहरुलाई प्रवेश निषेध गरिएको स्थानीय आयोजकले बुधवार जनाएको हो । आगामी फेब्रुअरी २८ मा रातभरी हुने म्याडोनाको कन्सर्टमा ५५,००० दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । कन्सर्ट नेशनल स्टेडियममा हुँदैछ । आयोजकले आधिकारिक फेसबुक पेजबाट म्याडोनाको कन्सर्टलाई सिंगापुर प्रशासनले आर१८ रेटेड गरिएको हो । योसँगै म्याडोनाको कन्सर्ट हेर्न अब १८ वर्ष पुग्नैपर्ने हुन्छ ।

म्याडोनाको म्यूजिकल टुरमा नर्तकीहरुको पोल डान्स र नग्न नृत्यहरु पनि हुने भएकोले वयस्कहरुलाई मात्र प्रवेश दिने भएको हो ।

Comments

comments