एजेन्सी । अस्ट्रेलियाकी एक ३४ वर्षीया एम्मा लाबेललाई शरीरको वजन घटाएर ‘ट्रिप एण्ड स्लिम’ बन्ने रहर पलायो । तर, यो रहरको यति चर्को मूल्य चुकाउनु पर्ला भन्ने उनले कहिल्यै सोचेकी थिइनन् ।

६ वर्षअघि उनको वजन दुई सय २० केजी थियो । चिकित्सकहरुले यत्रो ठुलो वजन उनको सौन्दर्यका लागि मात्र नभई ज्यानकै लागि पनि घातक हुने सल्लाह दिए । वजन नघटाए उनी थप ६ देखि १० वर्षसम्म मात्र बाँच्ने सम्भावना रहेको चिकित्सकहरुले बताए । त्यसपछि अस्ट्रेलियाको टाउन्सविले निवासी एम्माले शरीरको वजन घटाउने संकल्प गरिन् । शरीरको वजन घटाउन त उनी सफल भइन् । तर अहिले उनको शरीर अचम्मको भएको छ। वजन घटाउन उनले ग्यास्ट्रिक बाइपास सर्जरी गराइन् । सर्जरीपछि उनको वजन एक सय ३५ केजीसम्म कम भयो । तर, यसको साइड इफेक्टका रुपमा उनको शरीरको छाला झेल्लिन पुग्यो ।

अहिले उनको शरीरमा २० किलोजति छाला झोल्लिएको छ। यसरी झोल्लिएको छालाले उनको सौन्दर्यमा ह्रास ल्याउनेबाहेक दोस्रो काम नगरेको चिकित्सकहरुको भनाइ छ । झोल्लिएको छालाका कारण जिमलगायतका कार्य गर्न उनलाई अप्ठ्यारो भइरहेको छ । तैपनि अफिस र घरको काम गर्न आफूलाई त्यति अप्ठ्यारो नभएको उनको भनाइ छ।

emma

Comments

comments