आफ्नै घर निर्मल निवासमा बस्दै आएका पूर्व राजा पुत्र पारस नेपाल आउने भए पछि नागर्जुन दरबार नै फर्किने तयारीमा रहेको खबर सन्चार माध्यमहरुले सार्वजनिक गरि रहंदा यसमा सत्यता नभएको निर्मल निवास निकट श्रोतले  जनाएको छ ।

पूर्व युवराज  भने प्रवेशाज्ञा अवधि सकिएकाले यही साउन २१ गते थाइल्याण्डबाट नेपाल फर्कदै छन् ।

विभिन्न काण्डमा मुछिएका पारस प्रेमिकासँगै वा एक्लै आएपनि निर्मल निवासमा भने प्रवेश नदिने निर्णय पूर्व राजा ज्ञानेन्द्र शाहले गर्नुभएको निवास निकट श्रोतले बताएको इमेज खबरले जनाएको छ  ।
नेपालमै छँदा पनि चितवन गोली काण्डलगायतमा मुछिए पछि युवराज पारसको सुरक्षा सुविधा पनि सरकारले हटाएको छ | केहि दिन अघि मात्रै  थाइल्याण्डमा १२ ग्राम गाँजा सहित पक्राउ परेका भनिएको शाह  पटक पटक प्रहरी नियन्त्रणमा पुगिसकेका छन्  ।

नेपाल आएर पूर्व युवराज कहाँ को सँग रहनेछन भन्ने बारे निर्मल निवासले प्रष्ट पारेको छैन |

Comments