–रिया भण्डारी ।

चाहे सामाजिक संस्था होस् या व्यवसायिक कम्पनी,सबैमा सामाजिक दायित्व कोष र इकाइको व्यवस्था गरिएको हुन्छ । अस्पतालहरुमा पनि यस्तो इकाइ अन्तर्गत निश्चित मापदण्ड पूरा भएका विरामीहरुका लागि निशुल्क उपचार,औषधी र शैय्याको व्यवस्था गरिएको हुन्छ । तर यसबारेमा सर्वसाधारणलाई राम्रोसँग जानकारी नहुँदा गरीब विपन्न विरामीहरु औषधी उपचारबाट बञ्चित हुने गरेका छन् भने अस्पतालहरुमा रहेका यस्ता इकाइहरु प्नि परिणामविहीन बन्ने गरेका छन् ।

आर्थिक स्थिति कम्जोर भएकोले औषधी र उपचारका लागि खर्च गर्न नसक्ने भन्दै कति अभिभावकहरु आफ्ना बालबालिकाको रोगपालेर घरमै बस्ने गरेका छन् । कतिले त आफ्ना बालबालिकाको स्वास्थ्य जांचको क्रममा अप्रेसन गर्न खर्च जुटाउन नसकेपछि अस्पतालबाट रोग लिएरै घर समेत फर्कने गरेका छन् । यस्तो स्थितिमा सरकारको मातहतमा रहेको राजधानीको कान्ति बाल अस्पतालबाट सहयोग लिन सकिन्छ । आर्थिक स्थिति कमजोर भएका र आफ्नो बालबालिकाको उपचार गर्न मुस्किल परेका अभिभावकहरुले कान्ति बाल अस्पतालमा रहेको सामाजिक इकाइमा सम्पर्क गरेर निशुल्क औषधी र उपचार गर्न सकिन्छ । त्यसका लागि एउटा फारम भनु पर्ने व्यवस्था गरिएको छ । २०७० सालमा कान्ति बाल अस्पतालले ७२ लाख रुपयाँ बराबरको उपचार निशुल्क अस्पताल प्रशासनले जनाएको छ । यस्तो सुविधा अन्कोलोगी मेडिकल सर्जिकल नेफ्रोलोजी लगायतका उपचारमा पाउन सकिने कान्ति अस्पतालले जनाएको छ ।

सामाजिक इकाइमा पाइने निशुल्क तथा आंशिक छुट स्वास्थ्य सेवाको प्रयोजनको लागि हो । त्यसैले फारम भरेर बुझाएपछि विरामीको उपचारमा अस्पतालबाट निशुल्क सहयोग प्राप्त गर्न सकिन्छ । गरीब,असहाय र आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा सहयोग होस् भन्ने उदेश्यले स्थापना गरिउको सामाजिक सेवा इकाई मार्फत सेवा लिनको लागि अस्पतालको प्रसासनमा सम्पर्क गर्नुपर्ने हुन्छ । ।

अहिले भूकम्प पीडित बालबालिकाहरु अस्पतालमा बिभिन्न स्वास्थ्य उपचारको लागि आउँने गरेका छन् । उनीहरुले पनि स्वास्थ्य उपचारको लागि कुनै समस्या आइपरेको खण्डमा सामाजिक इकाइमा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।

कान्ति बाल अस्पतालमा मात्र होइन सरकारको मातहतमा रहेका ठूला तथा साना सबै सरकारी अस्पतालहरुले असहाय बिपन्न र गरीब नागरिकहरुको उपचार सहयोगको लागि भनेर सामाजिक इकाइ स्थापना गरिएको हुन्छ । तर सूचनाको अभावमा धेरैलाई यसबारेमा जानकारी भने नहुन सक्छ । अनि अर्को महत्वपूर्ण कुरा राज्यले बिपन्न बर्गको लागि छुट्याएको यस्तो सहायोग पनि केही सम्पन्न बर्गले उपभोग गर्ने गरेको पाउँनु आफैंमा लज्जाको कुरा हो ।

Comments

comments