काठमाडौं । पुस १९ गते आइतबार प्रतितोला ४७ हजार ८ सयमा झरेको सुनको भाउ सोमबार पुनः २ सय रुपैयाँ बढेर ४८ हजारमा पुगेको छ।

यसअघि पुस १६ गते ३ सयले घटेर सुनको भाउ प्रतितोला ४८ हजारमा आएको थियो । १६, १७ र १८ गते स्थिर रहेको सुनको भाउ १९ गते पुनः २ सयले घटेर छापावाल सुन प्रतितोला ४७ हजार ८ सयमा झरेको थियो ।

सोमबार तेजाबी सुन प्रतितोला रु. ४७ हजार ७ सय ५० मा कारोबार भइरहेको छ। चाँदीको भाउ भने विगत केहीदिन यता प्रतितोला ६ सय ७५ मै स्थिर छ।

Comments

comments