काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सोमवार अष्ट्रेलियन एक डलरको खरीददर ७७ रुपैयाँ ०२ पैसा तोकेको छ । यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७७ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार सोमवार एक अमेरिकी डलरको खरीद दर १०५ रुपैयाँ ५२ र विक्री दर १०६ रुपैयाँ १२ पैसा कायम गरिएको छ । यस्तै एक युरोको खरीददार ११४ रुपैयाँ ६० पैसा र विक्री दर ११५ रुपैयाँ २५ पैसा छ ।

जापानी येनको मूल्य प्रति १० जापानी येनको खरीद दर ८ रुपैयाँ ७७ पैसा र विक्री दर ८ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । जसअनुसार एक मान येनको ८ हजार ८ सय ६० रुपैयाँ हुनेछ भने नेपालमा एक लाख नेपाली रुपैयाँ पठाउँन झण्डै ११ मान ८ हजार ४५० येन लाग्छ ।

Comments

comments