पोखराको नयाँबजार क्षेत्र भासिएको केही हप्ता नपुग्दै पुनः पोखराको नालामुखस्थित भिसि मार्गमा कच्ची सडक भासिएको छ । विहान ४ बजे जमिन भासिएको हो । ५ मिटर लम्बाई र २ मिटर गहिराई हुने गरि कच्ची सडक भासिएको छ ।

नालामुखमा रहेको नेवार समुदायको नेवा छे समाजघर अगाडी जमिन भासिएको हो । जमिन भासिदा एक जना युवा खाडलमा परेको स्थानीयले  बताएका छन्  । बाटोमा पैदल हिड्दै गरेका युवा एक्कासी जमिन भासिएपछि खाडलमा फसेका थिए । उनले हारगुहार गरेपछि स्थानीयले उनलाई खाडलबाट उद्धार गरेका थिए ।

अर्मला क्षेत्रमात्र  नभई पोखराको मुख्य बजारका जमिन नै भासिन थालेपछि यतिबेला पोखरेलीहरु थप चिन्तित बनेका छन्  । ( फाइल फोटो : इकान्तिपुर)

Comments