काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल चार दिने भारत भ्रमणका लागि त्यसतर्फ जानुभएको छ ।भारतीय योग गुरु रामदेबको निमन्त्रणामा पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन पौडेल सोमवार विहान जेट एयरलाइन्सको विमानमार्फत हरिद्वार प्रस्थान गर्नुभएको हो ।

हरिद्वारमा हुने पतञ्जली योगपीठको कार्यक्रममा पौडेल दुई दिन बसेर पौडेल दिल्ली फर्किनुहुनेछ । दिल्ली फर्किए लगत्तै पौडेलले गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री शुष्मा स्वराज, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्च अधिकारीहरुसँग भेट्ने कार्यक्रम रहेको निकटस्थ श्रोतले जनाएको छ ।

भेटमा पौडेलले भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाउने विषयमा पनि कुराकानी गर्नुहुने बताइएको छ ।

पौडेलले कंग्रेस आईका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । पौडेलले भारत भ्रमणका समय मिलेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाटको प्रयास गर्नुहुनेछ ।

कांग्रेसको आगामी १३ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका पौडेलको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ। पौडेल आगमी २४ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ।

Please follow and like us:

Comments