काठमाडौं । पछिल्लो समयकी व्यस्त नायिका प्रियांक कार्कीलाई अभिनेत्री मात्र भनियो भने अन्याय हुनसक्छ । बहुमुखी प्रतिभाकी धनी कार्की कुशल नृत्यांगना,भिजे मात्र होइन सुरिलो स्वरकी धनी गायिका समेत हुन् । अब यसमा निर्देशक पनि थपिएको छ ।

नयाँ वर्षको अवसरमा प्रियांकाले आफ्नो स्वरमा रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । स्वतन्त्र बोलको उक्त गीतमा उनको स्वर मात्र होइन अभिनय र निर्देशन समेत रहेको छ ।

पोखरामा सुटिङ गरिएको उक्त भिडियोमा आफैं निर्देशक भएर पनि होला भिडियोको लागि उनी निकै उदार पनि देखीएकी छिन । आफ्नो सौन्दर्य र जवानीलाई भिडियोमा राम्ररी कैद गराउँन उनले कुनै सम्झौता गरेकी छैनन् ।

गीतको बारेमा हामीसँगको कुराकानीमा उनले लंैगिक बिभेदलाई आफूले गीतको माध्यमबाट प्रस्तुत गर्न खोजेको बताइन् ।

Comments

comments