मेलबर्न । जनवरी १ अर्थात नयाँ वर्षको पहिलो दिन अस्ट्रेलियामा पनि नेपाली टोपी दिवस मनाईएको छ ।

नेपाली पहिचानको मौलिक संकेतका रुपमा रहँदे आएको नेपाली ढाका टोपी लगाएर अष्ट्रेलियामा रहेका नेपालीहरुले विभिन्न राज्यमा नेपाली टोपी दिवस मनाएका हुन् । दिवसमा अस्ट्रेलियाका रहेका विभिन्न देशका नागरिकहरु समेत सहभागी बनेका थिए । सिड्नी,एडेलेड , भिक्टोरिया ,ब्रिसबेन लगायतका स्थानमा नेपालीहरूले नेपाली टोपी लगाएर यसको महत्व र नेपालको चर्चा गर्दै यो दिवस मनाईएको गैर आवसिय नेपाली संघ ( एनआरएन) अस्ट्रेलियाका एक सदस्यले बताए ।

दिवसका अवसरमा अस्ट्रेलियन योग प्रशिक्षक समाजले स्वामी सरस्वती आश्रममा विशेष टोपी दिवस मनाउंदै नेपाल र नेपालीको पहिचानबारे विदेशीहरूलाई जानकारी गराईएको थियो । नेपाली योग ध्यान प्रशिक्षक आचार्य राजन शर्माको संयोजनमा भएको कार्यक्रममा अस्ट्रेलिया ,नर्वे ,नेपाल , हङ्ग्कङ , फ्रान्स , फिजि, भारत , न्युजील्याण्ड ,फ्रान्स लगायतका योग प्रशिक्षक तथा साधकहरूको उपस्थिति रहेको थियो । ‘ टोपि र सगरमाथाको महत्व बुझेपछि नेपालमा घुम्न जाने हौसला मिलेको कार्यक्रममा सहभागी विदेशीहरुले बताएका थिए ।
संसारभर शुक्रवार तेस्रो अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाइएको हो ।

अन्तराष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रवद्र्धन गर्ने उद्देश्यका साथ सन् २०१४ जनवरी १ देखि संसारभर यो दिवस मनाउन सुरु गरिएको हो । पश्चिमा संस्कृतिको प्रभावमा विशेषगरी नेपाली युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको संयोजक शर्माले जानकारी दिनुभयो ।

Comments

comments