flashnews

त्रिचन्द्र क्याम्पस हाता भित्र विद्यार्थीबीच झडप हुँदा खुकुरी प्रहारबाट घाइते भएका प्रेम केसीको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । अनेरास्ववियुले आफ्ना कार्यकर्ता केसीलाई नेविसंघका कार्यकर्ताले खुकुरी प्रहार गरी घाइते बनाएको दावी गरेपनि नेविसंघले भने ब्यक्तिगत झगडालाई संगठनसँग जोडिएको भन्दै आपत्ति जनाएको छ ।

घटनापछि विद्यार्थीले क्याम्पस हाताभित्रको बिपी पुस्तकालयमा आजगनी पश्चात  स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा पनि तोडफोड गरेका छन् ।

Comments

comments