मेलबर्न । स्टुडेन्ट टकमा यसपटक हामीले शिव अधिकारीसँग कुराकानी गरेका छौं । उनी अहिले हस्पिटली एण्ड म्यानेजमेन्ट विषय लिएर पढ्दैछन् । नेपालको प्रमुख पर्यटकीय क्षेत्र पोखरा घर भएका अधिकारी अध्ययन सकाएर नेपाल फर्किएर पर्यटन क्षेत्रमै सक्रिय हुने योजनामा छन् । प्रस्तुत छ उनीसँग गरिएको छोटोमीठो कुराकानी :

तपाईको घर कहाँ पर्छ ?
पोखरा,नेपाल ।

कहाँ पढ्दै हुनुहुन्छ ?
म कमर्सियल कुकरीमा सर्टिफिकेट थ्री र सर्टिफिकेट फोर गर्दैछु ।

आफूले रोजेको विषय कि परिवारले रोजेको ?
यो म आफैंले रोजेको विषय हो । किनभने हस्पिटली एण्ड म्यानेजमेन्टको क्षेत्र मेरो पहिलेदेखि नै मनपर्ने क्षेत्रको रुपमा रहँदै आएको छ । यसमा करियर बनाउँन सक्छु भन्ने आत्विश्वास मसँग पहिलेदेखि नै थियो । पढाइ पूरा गरेर नेपालमै फर्किएर यही क्षेत्रमा केही गर्ने योजना छ मेरो ।

विद्यार्थी जीवन किन रमाइलो ?
विद्यार्थी जीवनमा सबै कुराहरुबाट टाढा रहेर नयाँ नयाँ ज्ञान हासिल गर्नमै अधिकांश समय खर्च हुन्छ । अनि यही बेला थुप्रै नयाँ साथीहरुको साथ पनि पाइन्छ । त्यसैले विद्यार्थी जीवन रमाइलो लाग्छ ।

विद्यार्थी जीवन किन नरमाइलो ?
महँगो ट्युसन फि र जरिवाना झन् त्यसमाथि कहिलेकाहीं दशथरि झुटो पनि बोलेर काम चलाउँनुपर्ने हुन्छ । यसो हुँदा चाहिं विद्यार्थी जीवन नरमाइलो लाग्छ ।

Student Talk 0

कलेजमा लभ गर्नु ठीक हो ?
कतिपयका लागि कलेजमा गरिने लभ रोमाञ्चक लाग्दो हो । कतिले त कलेजमा लभ गरेरै जीवनसाथी पनि बनाएका छन् । तर धेरैको चाहिं कलेजमा गरिने लभले जीवन र करियर नै वर्वाद पनि पारिदिएका छन् ।

लेक्चर मीठो कि लभलेटर ?
लेक्चरको तुलना लभलेटरसँग गर्नै मिल्दैन । किनभने सधैंको लेक्चर भन्दा त लभ लेटर धेरै नै मीठो हुनछ नि ।

कक्षामा कस्तो बेला निदाइन्छ ?
कक्षामा बोरिङ लेक्चर भयो भने निन्द्रा लाग्छ । अनि कहिलेकाहीं लेट नाइट पार्टी जमाएर कलेज जाँदा पनि निन्द्राले हैरान पार्छ ।

कक्षामै देखेको कुनै मीठो सपना ?
म कक्षामा कहिले निदाएको छैन । त्यसैले सपना पनि देख्नै पाएको छैन ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको जीवन कस्तो छ ?
अष्ट्रेलियाको जीवन यहाँ उपलब्ध सेवा र सुविधाहरुका कारण कहिलेकाहीं रमाइलो लाग्छ । तर कलेज र कामको रटानले हैरान पनि बनाइदिन्छ । मूख्य कुरा के हो भने अष्ट्रेलियामा आएर मैले स्वाभिमानी र आत्मनिर्भर भएर बाँच्न सिकेको छु । म पनि आफ्नै खुट्टामा उभिन सकेको छु ।

Comments

comments