झापा । इन्धन ओसार्न काभ्रेबाट झापा आएको दूध बोक्ने एउटा ट्यांकरसहित दुईजनालाई प्रहरीले पूर्वीनाका काँकडभिट्टाबाट नियन्त्रणमा लिएको छ।

बा ३ ख २३७४ नम्बरको ट्यांकर इन्धन लोड गरिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले काभ्रे नयाँ गाउँका कृष्णप्रसाद तिम्सिना र हरिप्रसाद बजगाइँलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार तिम्सिना ट्यांकर मालिक हुन् भने बजगाईँ चालक हुन् । उनीहरुले यसअघि पनि यसरी नै इन्धन ओसार्ने गरेको प्रहरीले जनाएको छ ।

मेची नगर ११ प्यारीभिट्टामा दूध बोक्ने ट्यांकरमा इन्धन लोड गर्दागर्दै उनीहरुलाई समात्न सफल भयौँ, काँकडभिट्टा प्रहरीका डिएसपी श्इामकृष्ण अधिकारीले भने,‘यस विषयमा थप अनुसन्धान सुरु भएको छ।’ राजधानीमा बढ्दो इन्धन संकट देखाउँदै सार्वजनिक यातायातका साधनमार्फत इन्धन ओसारपसार भइरहे पनि दूधको ट्यांकर इन्धन ओसार्न प्रयोग भएको यो पहिलो घटना हो । प्रहरकिा अनुसार ट्यांकरमा दुई हजार लिटर डिजेल लोड भइसकेको थियो ।

Please follow and like us:

Comments