हरितालिका तीज नारीहरुका लागि महत्वपूर्ण चाड हो | तीज भन्ने बित्तिकै गीत अनि नाच त हुने नै भयो | तीजका अनेक भाका र लय सँग कम्मर मर्काई मर्काई नाच्नुको मजा एका तिर छँदै छ | हिजो आज तीजको गीतको एल्बम नै निकालेर संगितक ब्यापारको पाटो पनि अर्को छ | तीजसँग जोडिएर आउने संगीतको मूल्य त झन् मुल्यांकन हुन सकेको छैन  । तीजमा हिजोआज सर्वाधिक व्यस्त हुने भनेकै गायकगायिका हुन् । तीजलाई  मध्यनजर गर्दै बजाज इन्टरटेनमेन्टले राजधानीमा  यसपाली ‘तीज म्युजिक अवार्ड २०७१’ आयोजना गर्ने भएको छ।

अवार्डमा सहभागी हुनको निमित्त तीजका गीतका श्रष्टाहरुले उत्कृष्ट गीत, गायिका, गायक, भाका, शब्द, एरेञ्जर, भिडियो निर्देशक, मोडल(महिला/पुरुष), छांयाकार, सम्पादक विधामा आफ्नो गीतलाई श्रावण मसान्तभित्र दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएका छन् । आयोजकका अनुसार यी ११ विधासहित पब्लिक च्वाईस अवार्डसमेत प्रदान गरिनेछ।

बर्षेनी सय भन्दा बढी तीजका गीत बजारमा उत्पादन हुन थाले पनि त्यसको लेखा जोखा अनि मुल्यांकन नभएको परिस्थितिमा  गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहन गर्न भन्दै  बजाज इन्टरटेनमेन्टले अवार्ड आयोजना गर्न लागेको हो । अवार्डका अध्यक्ष बीएस लामिछाने(राजु बजाज)ले सांस्कृतिक पर्व तीजका अवसरमा गीत संगीतलाई प्रोत्साहन मिल्ने वातावरण बनाउँदै त्यसका श्रष्टा र सर्जकलाई उत्साहित गराउन अवार्ड आयोजनागर्न लागिएको बताएका छन्  । अवार्ड भाद्र ९ गते राजधानीमा हुनेछ । कार्यक्रममा तीजको सांस्कृतिक प्रस्तुति सहित दर पनि खुवाइने आयोजकले जनाएको छ ।

Comments

comments