मेलबर्न । गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछारको अवसरमा मेलबर्नमा पनि भव्य ल्होछार कार्यक्रम हुने भएको छ ।

भेंडा वर्षको अन्त्य भई बाँदर वर्ष शुरु भएको अवसरमा मेलबर्नमा यही जनवरी ३ तारिख आइतवारका दिन इष्टोनियन हाउसमा भव्य ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रम अपरान्ह १२ बजेपछि शुरु हुनेछ ।
कार्यक्रमको आकर्षणका रुपमा नेपाली खाना,नृत्य र स्थानीय कलाकारहरुको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ । यस्तै यो कार्यक्रमलाई स्मरणीय बनाउँन प्रवेशद्धारमा रेड कार्पेट सहित फोटो सुटको व्यवस्था समेत गरिदैछ ।

कार्यक्रममा पूजनीय लामा गुरुहरुबाट पूजाआजा गर्नुका साथै वाङ आशिर्वाद समेत प्रदान गरिनेछ । यो कार्यक्रमलाई तमु समाज भिक्टोरियाले आयोजना गर्न लागेको हो ।

Comments

comments