मोहितवंश आचार्य त तपाईको लागी नयाँ नाम हुँदै होइन | तर यमन श्रेष्ठ बारे कतिलाई जानकारी नै छैन होला | यमन चर्चित एबं बरिष्ठ  हास्यकलाकार मदनकृष्ण श्रेष्ठका सुपुत्र हुन् | यसपालिको गाइजात्रामा यो दुवै युवा जोडीलाइ  मञ्चमा सँगै देख्न पाइने भएको छ ।

सोमबारदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुन लागेको महजात्रामा दुवैजनाको प्रस्तुति रहने बताइएको छ |कलाकारकै रुपमा नदेखिएका  यमन सांगीतिक क्षेत्र मन पराउनुहुन्छ भने मोहित अभिनय गर्नुहुन्छ । त्यसैले यप गाइजात्रामा यमनले व्यंग्य गीत प्रस्तुत गर्ने तयारी छ |

 यमन महजोडीको कृषि केन्द्रमा संलग्न हुनुहुन्छ भने मोहितले ललितपुर कुपण्डोलमा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ ।  मह जोडी सँगै यमन र मोहितको हास्य रसले भरिएको यसबर्षको गाइजात्रा कस्तो रहनेछ त्यो हेर्नका लागि भने प्रज्ञा भवन नै छिर्नु पर्ने हुन्छ |

Comments

comments