एजेन्सी । आर्सनल इङ्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा बर्नमाउथलाई दुई सून्य गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । खेलको २७ औँ मिनेटमा ग्याब्रिएल पाउलस्टाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।

पाउलस्टाले मेसुट ओजिलले प्रहार गरेको कर्नरमा हेड गोल गरेका हुन् । पहिलो हाफमा एक सून्यको अग्रता लिएको आर्सनलले दोस्रो हाफमा अर्को एक गोल थप्यो । खेलको ६३ औँ मिनेटमा ओजिल गोल गर्दै टोलीलाई दुई सून्यको जित दिलाएका हुन् ।

जितसँगै कम्तिमा एक दिनका लागि भएपनि शीर्ष स्थानमा उक्लिएको आर्सनलको १९ खेलबाट ३९ अंक भएको छ भने एक खेल कम खेलेको लिष्टर सिटीको ३८ अंकका छ । र लेष्टर सिटी दोस्रो स्थानमा छ ।

Comments